२०८२ चैत्र १३ गते शुक्रवार | 2026 March 27th Friday

बालेन प्रधानमन्त्री बन्ने दिन ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

gold price

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ४ हजार ६ सय रुपैयाँले घटेर २ लाख ८१ हजार रुपैयाँ कायम भएको हो ।

अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन तोलामा २ लाख ८५ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा ४ हजार ८२० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर ४ हजार ६७० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

प्रकाशित मिति : २०८२ चैत्र १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस