काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन एकैदिन तोलामा पाँच हजार ८०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यता, चाँदीको मूल्य तोलामा १७५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ५५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०८३ बैशाख २३ गते बुधवार

