काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा मंगलबार उनको निधन भएको गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले पुष्टि गरेका छन्।
श्रेष्ठको पार्थिव शरीरलाई बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ। त्यसपछि शव यात्रासहित पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ। कांग्रेस सभापति गगन थापाले गत साउन ७ गते श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता मनोनीत गरेका थिए।
प्रकाशित मिति : २०८३ साउन १२ गते मङ्गलवार

