२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

म त जंगलमा हराए भन्दै आफैंले फोन गरेका पूर्वमेयर मृत भेटिए

रूपन्देही – कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेस नेता किरण सिंह शुक्रबारदेखि हराएपछि आज तौलिहवा–गोरुसिंगे क्षेत्रको जंगलमा मृत अवस्थामा भेटिएका छन्। ६५ वर्षीय सिंह शुक्रबार दिउँसो घरबाट मोटरसाइकलमा निस्किएका थिए। साढे तीन बजेतिर उनले निकट व्यक्तिलाई ‘जंगलमा बाटो बिर्सिएँ’ भनेर फोन गरेका थिए। त्यसपछि उनको मोटरसाइकल जंगलमै फेला परे पनि उनी बेपत्ता थिए।

प्रहरीले खोजीका लागि तालिमप्राप्त कुकुर र ड्रोन प्रयोग गरेको थियो। स्थानीयको ठूलो सहभागिता रहेको खोजी अभियानपछि आज उनको शव जंगलमा भेटिएको कपिलवस्तु प्रहरीका सूचना अधिकारी दीपक कुँवरले जानकारी दिए। कारणको खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८३ साउन २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस