काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारका क्रममा पाँच महिनादेखि विदेशमा रहेपछि हङकङबाट थाइल्याण्डको बैंकक पुगेका छन्। अब उनी साउन २८ गते बिहीबार थाइ एयरवेजको विमानमार्फत नेपाल फर्किने तय भएको स्रोतको दाबी छ । लोकेशन सिफ्ट भएको देखेपछि नेपालका सुरक्षा निकायले चासो देखाएका थिए ।
पहिले साउन २६ गते फर्किने भनिए पनि हङकङबाट बैंकक गएपछि समय दुई दिन पछि सारिएको हो। देउवा पत्नी आरजु राणा देउवासँगै लामो समय हङकङमा बसेर शुक्रबार बैंकक पुगेका हुन्। कांग्रेस संस्थापन इतर समूहले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरेको छ। भेलामा सहभागी नेताहरूलाई स्वागत गर्न विमानस्थलमा देउवाको आगमनको तयारी भइरहेको छ।
गत भदौ २४ मा बुढानीलकण्ठस्थित देउवा निवासमा आगजनी भएको थियो। त्यसपछि उनी उपचारका लागि सिंगापुर गएका थिए। ‘फलोअप’ उपचारकै क्रममा फेरि सिंगापुर र हङकङ बसेर अहिले बैंकक हुँदै नेपाल फर्किन लागेका हुन्।

