२०८३ असोज २४ गते शनिवार | 2026 October 10th Saturday

सरकारलाई कान समात्ने क्षमता दलसँग छ -रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले काम नगरे राजनीतिक दलले कान समात्ने क्षमता राख्ने टिप्पणी गरेका छन्। नेपाली युवा उद्यमी मञ्चको २२औँ वार्षिक साधारण सभामा उनले सरकार लिकबाट बाहिर गए पुनः लिकमा ल्याउने दाबी गरे। लामिछानेले जहाज बादलमा छिर्दा टर्बुलेन्स महसुस भए पनि दुर्घटनाको डर मान्न नपर्ने उदाहरण दिँदै अफवाहलाई ‘स्याक्स’को रुपमा लिन आग्रह गरे। उनले सरकारलाई लक्ष्यभन्दा बाहिर जान नदिने र अहिले पनि सरकार लक्ष्यमै रहेको बताए।

उनले प्रतिपक्षी दलहरूले जनतालाई अत्याइरहेको आरोप लगाउँदै आफ्नो पालामा इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाए। इतिहाससँग वाचा गरेको भन्दै प्रतिबद्धताबाट पछि हट्ने छुट कसैलाई नभएको स्पष्ट पारे।

प्रकाशित मिति : २०८३ साउन २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस