काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सिंहदरबारको नाम फेर्नुपर्ने प्रस्ताव गरेपछि राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएका छन्। ढकालले नेपालमा सिंह नभएकाले सिंहदरबार नाम उपयुक्त नभएको भन्दै ‘अनामनगर दरबार’ राख्न सुझाव दिएका थिए। तर श्रेष्ठले उनलाई उपबुज्रुकको संज्ञा दिँदै कटाक्ष गर्दै भनेका छन् – “जसको मनमा हरि नै छैन उसको नाम हरि ! गोबर नाम राखे हुन्न ?”
श्रेष्ठको टिप्पणीले सिंहदरबार नाम परिवर्तन प्रस्तावलाई लिएर राजनीतिक वृत्तमा थप चर्चा चुलिएको छ।
प्रकाशित मिति : २०८३ साउन २५ गते सोमवार

