२०८३ असोज २४ गते शनिवार | 2026 October 10th Saturday

देउवालाई स्वागत गर्न विमान रिजभ जस्तै गरेर भित्रिए नेता–कार्यकर्ता, विमानस्थलमै नाराबाजी

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्न सुदूरपश्चिमबाट ठूलो संख्यामा नेता–कार्यकर्ता काठमाडौं आएका छन्।

नेपाल तरुण दल कञ्चनपुर अध्यक्ष महेशबहादुर चन्दको नेतृत्वमा धनगढीबाट विमानमार्फत आएका टोलीले विमानस्थलमै ‘शेरबहादुर देउवा जिन्दावाद’ नाराबाजी गरेका थिए।

करिब एक वर्षपछि सार्वजनिक कार्यक्रममा सहभागी हुन काठमाडौं फर्किन लागेका देउवालाई स्वागत गर्न अछाम, बझाङलगायत सुदूरपश्चिमका करिब सबै जिल्लाबाट नेता–कार्यकर्ता राजधानी पुगेका छन्।

टोलीमा खेलकुद परिषद्का सदस्यसचिव लोकबहादुर खड्का (रवि), छबिसपाथिभेरा गाउँपालिकाका सभापति पाण्डपबहादुर थापा लगायतका नेताहरू पनि सहभागी छन्। विमान पूरै भरिने गरी काठमाडौं आएको टोलीले देउवाको स्वागतलाई विशेष बनाएको छ।

प्रकाशित मिति : २०८३ साउन २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस