२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

पत्रकार श्रेष्ठलाई आजै थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं – सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई सोमवार अदालतमा उपस्थित गराउन आदेश दिएको छ। बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले श्रेष्ठलाई बरामद सामग्रीसहित अदालतमा उपस्थित गराउन निर्देशन दिएको हो।

श्रेष्ठलाई प्रहरीले बुधबार राति पक्राउ गरेको थियो। त्यसपछि उनकी श्रीमती सरस्वती श्रेष्ठले सर्वोच्चमा रिट दायर गर्दै गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै तत्काल थुनामुक्त गर्न माग गरेकी थिइन्। श्रेष्ठका कानून व्यवसायीले आजै थुनामुक्त गर्न माग गरेपनि प्रमाणहरुको अध्ययन जरुरी रहेको भन्दै कारण देखाउ आदेश मात्र जारी भएको हो ।

अब सोमवार अदालतमा श्रेष्ठलाई उपस्थित गराएपछि उनको पक्राउको कारण, हिरासतको कानूनी आधार तथा बरामद सामग्रीबारे थप सुनुवाइ हुने अपेक्षा गरिएको छ। सर्वोच्चको आदेशसँगै श्रेष्ठको गिरफ्तारी कानूनी प्रक्रियामा प्रवेश गरेको छ र अदालतले हिरासत निरन्तरता दिने वा अन्य आदेश जारी गर्ने निर्णय गर्नेछ।

 

प्रकाशित मिति : २०८३ साउन २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस