२०८३ असोज २४ गते शनिवार | 2026 October 10th Saturday

हामी जानेका हुनुपर्ने ठाउँमा उरन्ठेउलाहरु पुगे, देश बर्बाद गर्दैछन् – केपी ओली

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश बर्बाद हुँदै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। इलाममा आयोजित कार्यक्रममा उनले ‘जानेकाले गर्ने ठाउँमा उरन्ठेउला केटाहरू पुगेका कारण देश बर्बादीतिर धकेलिएको’ टिप्पणी गरे।

ओलीले संविधान मिचिएको र संसद् भंग गरेर असंवैधानिक सरकारले चुनावको नाटक गरेको कारण वर्तमान संकट आएको बताए। उनले सामाजिक सञ्जालमा एमालेविरुद्धको प्रचारवाजी रोक्न कार्यकर्तालाई आग्रह गर्दै, फेसबुकमा स्टाटस लेखेर एमालेलाई हराउन खोजिएको भन्दै व्यंग्य गरे। ‘खुकुरी लिई वीर गोर्खाली बन्ने हामी, तर फेसबुकको स्टाटसले हराउने ?’ भन्दै उनले कार्यकर्तालाई सक्रिय भएर प्रतिवाद गर्न आह्वान गरे।

प्रकाशित मिति : २०८३ साउन ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस