२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

उद्धार र राहातको नेतृत्व गर्न नेपाली सीमामा आइपुगे चिनियाँ प्रधानमन्त्री, नेपालतर्फ १०० र चीनमा नै ५५८ चिनियाँ बेपत्ता

काठमाडौं – चीनका प्रधानमन्त्री लि क्वाङ बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि पुगेका छन्। नेपालस्थित चिनियाँ दूतावासका अनुसार उनी आजै प्रभावित क्षेत्रमा पुगेका हुन्।

बुधबार आएको विनाशकारी बाढी–पहिरोपछि नेपालतर्फ मात्र करिब १०० चिनियाँ नागरिक बेपत्ता भएको चीनले जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नियमित पत्रकार सम्मेलनमा यो तथ्य सार्वजनिक गरेका हुन्।

चीनतर्फ भने बिहीबार बिहानसम्म ३ जनाको मृत्यु, ५५८ जना बेपत्ता र २ जनाको उद्धार भएको विवरण आएको छ। चीनले प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र बनाएको जनाएको छ।

प्रकाशित मिति : २०८३ भाद्र ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस