२०८२ असोज ११ गते शनिवार | 2025 September 27th Saturday

श्री साेह्रश्राद्ध

गोपालप्रसाद भण्डारी
श्राद्ध हाे पितृमा श्रद्धा श्राद्ध शब्द छ सार्थक ।
सबै धर्मानुयायी छन् पितृकर्मसमर्थक ।।१।।

गर्दछन् पितृकाे श्रद्धा अर्चना भक्तिपूर्वक ।
श्रद्धासाथ गरे कार्य श्राद्ध हुन्न निरर्थक ।।२।।

सुपात्रमा गरे दान हुन्छ कल्याणकारक ।
सभक्ति पितृपूजा हाे अनन्त फलदायक ।।३।।

मान्छे छन् याे धराभित्र भिन्नभिन्न चरित्रका ।
हुन्छन् विधिहरू अाफ्नाअाफ्ना चयनभित्रका ।।४।।

छ पितृकर्ममा धर्म भन्ने धर्मज्ञ ठान्दछन् ।
वैदिक धर्ममा श्राद्ध अनिवार्य छ भन्दछन् ।।५।।

भनिन्छ पितृले अाशा गर्दछन् श्राद्धकालमा ।
हुन्छ अनन्य अानन्द श्रद्धा पितृप्रसादमा ।।६।।

गरिन्छ श्राद्धमा दान सिधा भाेजन अर्पण ।
अास्था राखेर कर्ताले दिन्छन् पिण्ड र तर्पण ।।७।।

गर्दछन् पुत्र नै श्राद्ध प्राय: हिन्दुसमाजमा ।
कर्मकाण्डीहरू मान्छन् श्राद्धाधिकार पुत्रमा ।।८।।

पत्नीले पतिकाे श्राद्ध गर्दछन् धर्मभित्र छ ।
श्राद्धाधिकार पुत्रीमा दिने रीति बनेनछ ।।९।।

अामा र बाबुकाे श्राद्ध गर्दछन् महिला पनि ।
खाेजे याे हक नारीले अहिले अगुवा बनी ।।१०।।

पुत्री, पिता र माताकाे क्रिया सम्पन्न गर्दछन् ।
अहिले याे कुरा देखी शास्त्रज्ञ छक्क पर्दछन् ।।११।।

सबै धर्मावलम्बीले गर्दछन् पितृसम्झना ।
अाफ्ना पितृ खुशी पार्ने हुन्छ हार्दिक चाहना ।।१२।।

मरणपछि अस्यायी भवसागर याे तरी ।
वैकुण्ठ अथवा स्वर्ग भाेग्न पाऊन् सधैँभरि ।।१३।।

अतुल्य शान्तिका साथ परमानन्दमा रहून् ।
भनेर प्रार्थना गर्दछन् सत्य अासिक माग्दछन् ।।१४।।

कसैले पितृकाे राख्छन् कीर्ति अास्तिक भावले ।
धर्मशाला र गाैशाला पाठशाला स्वचित्तले ।।१५।।

पाटी पाैवा फलैँचा र धारा निर्माण गर्दछन् ।
गुठी तथा काेष राखी दुवै लाेक सपार्दछन् ।।१६।।

श्राद्धमा बहुतै निष्ठा ध्यान राख्छन् सनातनी ।
श्राद्ध विधिहरू धेरै राम्रा छन् भावका धनी ।।१७।।

मृत्युकाे तिथि मानेर प्रायश: श्राद्ध गर्दछन् ।
सद्भावले गरी श्राद्ध पितृकाे ऋण तिर्दछन् ।।१८।।

नित्य नैमित्तिक श्राद्ध अादि बाह्र प्रकारका ।
श्राद्ध हुन्छन् भनी ताेक्छन् विद्वान् वैदिक धर्मका ।।१९।।

साेह्रश्राद्ध यसैभित्र पर्छ ज्यादै प्रसिद्ध छ ।
हिन्दुधर्मावलम्बीमा यसकाे सुप्रभाव छ ।।२०।।

अाश्विनकृष्णपक्षीय परेवामा भई सुरु ।
शुक्लपक्षपरेवामा टुङ्गिने भन्दछन् गुरु ।।२१।।

साेह्राेैँ मातामहश्राद्ध अाश्विनशुक्लपक्षकाे ।
पुत्रीका पुत्रले गर्छन् हाे श्राद्ध मातृपक्षकाे ।।२२।।

याे श्राद्ध गर्न काेहीले पूर्णिमा तिथि ताेक्दछन् ।
सबैमा मत मिल्दैनन् विद्वान्का यी स्वभाव हुन् ।।२३।।

अाश्विनकृष्ण सम्पूर्ण पक्षमा पितृपक्ष छ ।
अर्काे याे श्राद्धकाे नाम महालय पवित्र छ ।।२४।।

साेह्रश्राद्धभरि प्राय: कर्ता सात्विक बन्दछन् ।
हविष्यान्नहरू खाई मासु र मद्य छाेड्दछन् ।।२५।।

रचियता :- गोपालप्रसाद भण्डारी
अाेंकारालय, सङ्खुवासभा नेपाल ।
हाल:- प्रतिष्ठानिकेतन, गार्ल्याण्ड्, डालस्, टेक्सस्, संयुक्तराज्य अमेरिका ।
अनुष्टुप् छन्द

मिति:- संवत् २०७० साल असाेज २१ गते साेमबार
इ.सं :- २०१३/१०/०९/२

प्रकाशित मिति : २०७४ भाद्र २१ गते बुधवार