
काठमाडौ । बडादशैँको विशेष दिन हो फुलपाती । महासप्तमी अर्थात फुलपाती विजयादशमीको सातौं दिन अर्थात् फूलपातीलाई धुमधामका साथ मनाईन्छ । यसैले हामी बिहानै फुलपातीको पुजाको तरिका बताउँदैछौ । देशभरका विभिन्न शक्तिपीठ र दशैं घरमा फूलपाती भित्र्याइन्छ। आज पूजाकोठामा फूलपाती स्वरूप केरा, दाडिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नामका नवपत्रलाई भित्र्याउँने प्रचलन छ।
नौ पातमा पुस्तक, कापी, कलम, मसीदानी लगायतका विद्यार्थीसँग सम्बन्धित वस्तुहरुको पनि पूजा गर्ने प्रचलन छ। ब्रामायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आहृवान गरेर पूजा गरिने भएकाले फूलपातीलाई नवपत्रिकाको नामले पनि चिनिन्छ।
यसैगरी, हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ। गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म दसैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरदेखि काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ।
जमलबाट हनुमानढोकासम्म भने निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्यान्डबाजा, पञ्चेबाजा, सिङ्गारिएका कल्स्यौंडी र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ। घटस्थापनादेखि दसैं सुरु भएको मानिने भए पनि चहलपहल र रौनक भने आजैका दिनदेखि सुरु हुने गर्छ। फूलपातीका दिन दुर्गामाताको स्वरुप कालरात्रीको पूजा आराधाना गरी र दशैंघरमा फूलपाती भित्र्याई मनाउने गरिन्छ।
नवरात्रीको सातौं दिन कालरात्री देवीको पूजा आरधना गर्ने गरिन्छ । कालो स्वरुप भएकाकारण कालरत्री भनिएको हो । शास्त्रमा कालरात्रीको स्वरुपको स्मरण मात्रले दुष्ट दैत्य, दानव, राक्षस, भूत–प्रेत सबै भय शान्त हुन्छ । कालरात्रीको पूजा आराधनाले मनुष्यको अज्ञान, अन्धाकार आदि नष्ट हुने मानिन्छ । यसदिन घरकोतमा फूल पाती पनि भित्राउने गरिन्छ । सप्तमीको दिन फूल पातीस्वरुप केरा, दारिम, धान हलेदो, माने, कर्चुर, वेल, अशोक, र जयन्ती नौ प्रकारका बस्तु हरु लाई वाजा वजाउँदै बधिवित लगेर घर भित्र अथवा कोट मन्दिर हरुमा भित्रयाउने गरिन्छ । यसलाई नवपत्रीका पनि भनिन्छ । यसदिन कालरात्रीको पूजा गरि गुडनैवेद्य लगाउना तथा दान गर्नाले मनुष्य शोक मुक्त हुन्छ भनिएको छ ।
मंत्र
या देवी सर्वभूतेषु माँ कालरात्रि रूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:।। अर्थ : हे माँ! सर्वत्र विराजमान और कालरात्रि के रूप में प्रसिद्ध अम्बे, आपको मेरा बार-बार प्रणाम है। या मैं आपको बारंबार प्रणाम करता हूँ। हे माँ, मुझे पाप से मुक्ति प्रदान कर। ॐ ऐं ह्रीं क्रीं कालरात्रै नमः |