२०८२ पुष २७ गते आइतवार | 2026 January 11th Sunday

पूर्वपति मनोज गजुरेलले विवाह गर्न लागेको खुलेपछि मीना ढकालका आए प्रतिक्रियामाथी प्रतिक्रिया

काठमाडौं । आफ्ना पूर्वपति मनोज गजुरेलले विवाह गर्न लागेको खबरमा मीना ढकालले प्रतिकृया जनाएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले महिलाको तुलनामा पुरुषहरु कमजोर भएको बताएकी छिन् ।

उनले लेखेकी छिन, ‘हुर्काएर हात खुट्टा बलिया बनाइदिएपछी, भात पकाएर दिने र बिरामी हुँदा स्याहार्ने चाहियो नि बिचारा । कमजोर महिला होइन पुरुष हुन । महिला एक्लै सबल छन र सक्षम बन्न सक्छ्न ।’ गायिका समेत रहेकी ढकालले पनि विहे गर्न लागेको खबर बेला बेलामा आउँने गरेको थियो । तर उनले भने आफु एक्लैपनि सवल र सक्षम रहेको देखाएकी छिन् ।

तर यो स्टाटस भन्दा अगाडी आफ्ना पूर्वपति हास्य कलाकार मनोज गजुरेलको बिहे हुने थाहा पाएपछि मिनाले पनि बिहे गर्ने चाहना ब्यक्त गरेकी थिइन् । उनले सामाजिक सञ्जाल फेसबक मार्फत यस्तो चाहना ब्यक्त गरेकी हुन् । उनी फेसबुकमा लेख्छिन्, ‘मेरो घरमा राजतन्त्र ल्याउन मन लाग्यो । तर राजा हुन लायक चै कोइ देखिन ।’ उनको यो स्टाटस मनोज गजुरेलको अर्को बिहे हुने चर्चासँगै आएको छ ।

उनको पहिलेको बिहे सफल नभएपछि मनोज र उनकी श्रीमतिसँग अलग बस्दै आएका थिए । मनोजले बिहे गर्ने थाहा पाएपछि मिना ढकालले फेसबुकमा आफ्ना भावना ब्यक्त गरेकी हुन् । गजुरेलले २०७४ सालमा श्रीमती मीना ढकालसँग डिभोर्स गरेका थिए । केही समययता गजुरेललाई विवाहका लागि परिवार, आफन्त र साथीभाइले सल्लाह र सुझाव दिँदै आएका थिए ।

 

करिब ३ वर्षदेखि ‘सिंगल लाइफ’ बाँच्दै आएका उनले नयाँ जीवनसाथी भेटेका हुन् । उनले विवाह गर्ने तयारी गरेपनि विवाहको मिति र बेहुलीको बारेमा भने गोप्य नै राखेका छन् । मनोजको बिहे हुने भएपछि एक डायलग मिनाले मनोजलाई फेसबुकबाटै दिएकी छिन् । उनी स्टाटसमा लेख्छिन्, ‘खान्न खान्न लोकाचार, खान लाग्यो माना चार, के हो ?

मीना र मनोजका एक छोरा र एक छोरी छन् । डिभोर्स हुँदा छोरा बुवासँग र छोरी आमासँग बस्ने सहमति थियो । तर, अहिले छोरा र छोरी दुवै बुवासँगै बस्छन् । छोरा मिरोज २३ वर्षका र छोरी मेमोरी १५ वर्षका छन् । गजुरेल हालै कोरोना संक्रमणमुक्त भएका छन् ।

 

१० कात्तिकमा कोरोना पुष्टि भएपछि घरमै आइसोलेसनमा बस्दा स्वास्थ्यमा समस्या आएपछि उनी सशस्त्र प्रहरीको अस्पतालमा भर्ना भएका थिए । अक्सिजन लेभल कम भएपछि उनले १९ दिन अस्पतालको आइसीयूमा बस्नुपरेको थियो ।

 

कोरोनामुक्त भएपछि उनले अनुहारमा खुशी देखिएका केही तस्विरहरु सामाजिक सञ्जालमार्फत शेयर गरेका थिए । कोरोना संक्रमणकै क्रममा अस्पतालमा उपचार गराइरहेका गजुरेलको स्वास्थ्यलाभको कामना गर्दै पूर्वपत्नी मीना ढकालले केहीसमय अगाडी सामाजिक सञ्जाल फेसबुकमा लेखेको एक स्टाटसले निको चर्चा बटुलेको थियो ।

 

कोरोना मुक्त भएपछि मनोज गजुरेल एक चर्चित नीजि टेलिभिजनमा अन्र्तवार्ता दिन गएका थिए । अन्र्तवार्तामा सोधिएको प्रश्नमा गजुरेलले आफुले चाँडै विवाह गर्न आँटेको खुलासा गरेका थिए ।

आजका उत्कृष्ट शीर्षकहरु

https://www.janaboli.com/post/314228

https://www.janaboli.com/post/314220

https://www.janaboli.com/post/314215

https://www.janaboli.com/post/314206

https://www.janaboli.com/post/314196

https://www.janaboli.com/post/311671

https://www.janaboli.com/post/314176

https://www.janaboli.com/post/314152

https://www.janaboli.com/post/314136

https://www.janaboli.com/post/310625

https://www.janaboli.com/post/314099

https://www.janaboli.com/post/314095

https://www.janaboli.com/post/314081

https://www.janaboli.com/post/310907

https://www.janaboli.com/post/314058

https://www.janaboli.com/post/314036

https://www.janaboli.com/post/310786

https://www.janaboli.com/post/314030

https://www.janaboli.com/post/310892

 

 

प्रकाशित मिति : २०७७ मङ्सिर २२ गते सोमवार