काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२२ को बेइजिङ शीतकालीन ओलम्पिकपछि चीनले ताइवानमाथि हमला गर्ने भविष्यवाणी गरेका छन् ।

बेलायतका पूर्व एमईपी निगेल फराजसँगको अन्तर्वार्तामा ट्रम्पले आफूले पद छोडेपछि चीनको व्यवहार परिवर्तन भएको बताएका हुन् ।

उनले बाइडेन राष्ट्रपति भएदेखि संयुक्त राज्य अमेरिकाको सम्मान कम भएको पनि प्रतिकृया दिएका छन् ।

ट्रम्पको यो बयान चिनियाँ लडाकु विमानहरूले नोभेम्बरमा ताइवानको एयर डिफेन्स जोनमा १५९ लडाकु विमान घुसपैठ गरेपछि आएको हो ।

चीनले ताइवानलाई आफ्नो क्षेत्रको रूपमा हेर्छ र सात दशकभन्दा बढी समयदेखि छुट्टै शासन गरिरहँदा पनि उसले टापुमाथि सार्वभौमसत्ता दाबी गर्छ ।

आवश्यक परे एक दिन जबर्जस्ती कब्जा गर्ने चेतवानी पनि दिने गरेको छ । ताइवानमा सन् २०१६ मा ‘एक चीन नीति’ अस्वीकार गर्ने साई इङ–वेन सत्तामा आएपछि बेइजिङको आक्रामकता धेरै गुणा बढेको छ ।

चीनको सामना गर्न ताइपेईले अमेरिकालगायत प्रजातान्त्रिक राष्ट्रहरूसँग रणनीतिक सम्बन्ध बढाएकी छिन् । चीनले संयुक्त राज्य अमेरिका र जापान जस्ता पश्चिमी सहयोगीहरूलाई चिन्तित बनाएको छ ।

चीनले निकट भविष्यमा ताइवानमाथि आक्रमण गर्न सक्ने अनुमान सबैले गरिरहेका छन् । हालै, जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेले बुधबार चीनले ताइवानमाथि हमला गरे जापान र अमेरिका चुप नलाग्ने चेतावनी दिएका थिए ।

चीनले ताइवानलाई घेराबन्दी गरेर आत्मसमर्पण गर्न बाध्य बनाउने रणनीति अपनाउने देखिएको छ । आबेले भनेका थिए, ‘ताइवान आपतकाल जापानी आपतकाल हो, र त्यसैले जापान–अमेरिकी गठबन्धनको लागि आपतकाल हो । बेइजिङका मानिसहरू, विशेष गरी राष्ट्रपति सीले यसलाई मान्यतामा कहिल्यै भुल गर्नु हुँदैन ।’

आबेको भनाइप्रति चीनले आक्रोशित प्रतिक्रिया व्यक्त गर्दै बेइजिङस्थित जापानी राजदूतलाई ‘आपतकालीन’ रुपमा बोलाएको थियो ।

कडा विरोध दर्ता गर्दै, चिनियाँ सहायक विदेश मन्त्री हुआ चुनयिङले राजदूत शुई हिडियोसँगको भेटमा आबेको टिप्पणीलाई गलत र चीन र जापानबीचको सम्बन्धको आधारभूत मान्यताको उल्लङ्घन भएको उल्लेख गरेका थिए ।

आजका पपुलर पोष्टहरु हेर्नुहोस् ।

सम्बन्धित खबरहरु