काठमाडौ । पछिल्लो २४ घण्टामा २ कोरोना (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २५५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९७ दशमलब ७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ । संक्रमित हुनेहरुमा काठमाडौमा अत्याधिक रहेको छ । काठमाडौमा सक्रिय संक्रमित नै २ हजार ६ सय ५५ भन्दा बढी भएका छन् ।

पछिल्लो २४ घण्टामा ११ हजार ४२९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ८ हजार ९६५ जनाको पिसिआर परीक्षण र २ हजार ४६४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

अहिले सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ पुगेको छ। यस्तै, काठमाडौं उपत्यकामा ८७६ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ६७५, भक्तपुरमा ६५ र ललितपुरमा १३६ गरी ८७६ जना थपिएका हुन्।

नेपालमा पछिल्लो २४ घण्टामा १४४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ९६५ जनाको पीसीआर परीक्षणमा १३५७ र २ हजार ४६४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८९ जना सहित १४४६ जना मा कोरोना पुष्टि भएको छ ।

जनबोली अनलाइन टेलिभिजनको च्यानल janaboli मा रहेका उत्कृष्ट, रोमाञ्चक र सबैले मन पराएका भिडियोहरु हेर्न चाहानुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । च्यानलमा गइसकेपछि Subscribe गरेर नजिकैको घण्टीमा थिच्नुभयो भने, भिडियो अपलोड गर्न साथ नि:शुल्क भिडियो हेर्न पाउनेगरी तपाईको मोबाईलमा नोटिफिकेशन आउँनेछ ।

सम्बन्धित खबरहरु