काठमाडौ । टिकटकमा जय भोले बाबा एउटा अकाउण्ट छ ।

शिवको रुपमा देखिने एक युवतीले आफूमा अद्भूत शक्ति रहेको दावी गर्दै त्यहीबाट लाईभ गरिरहेकी हुन्छिन् ।

व्यक्तिगत गोप्यताको अधिकारका कारण हामीले उनको खास परिचय लुकाएका छौ । तर त्यहाँ भ्रमको विउ छरिरहेको प्रष्ट देखिन्छ ।

लाईभ चलिरहेको हुन्छ । टिकटकमा नै लाईभमा जोडिनेको अनुहार हेरेर ठ्याक्कै रहस्य बताउने दावी उनको हुन्छ । त्यही क्रममा लमजुङ्गबाट नाम परिवर्तित सुनिता थापा लाईभमा आउँछिन् ।

आजका पपुलर पोष्ट शीर्षकमा क्लिक गरेर पढ्न सक्नुहुनेछ ।

उनले आफ्नो श्रीमान बेपत्ता भएको बताउछिन् । एकैछिन् अनुहार हेरेजसो गर्छिन । अब चिन्ता नलिने आफै रमाउने काम गर्ने, आफू जेठि भएर कान्छिसँग मिलेर बस्ने । कता हुनुहुन्छ होला ?

जागिर खाइरहेको मान्छे जागिर छोडेर वेपत्ता हुनुभएको छ सुनिताको थप जिज्ञासा आउँछ । उनले भनिन् तपाईका श्रीमान नेपालमा भएको देखाउँदैन । भारतमा अर्को घरजम गरेर बसेको देखियो ?

एकछिन त छक्क परिन् । उनी निरास भइन् । माताले सम्पर्क बिच्छेद गरिदिइन् । यो सुनेर ती युवतीको मनमा के भएको होला ?

के यसरी केही सेकण्ड देख्नासाथ रहस्य पत्ता लाग्छ ? प्रश्न हाम्रो हो ? तपाईहरुमा जवाफ भए लेख्नुहोला ।

जनबोली अनलाइन टेलिभिजनको च्यानल janaboli मा रहेका उत्कृष्ट, रोमाञ्चक र सबैले मन पराएका भिडियोहरु हेर्न चाहानुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । च्यानलमा गइसकेपछि Subscribe गरेर नजिकैको घण्टीमा थिच्नुभयो भने, भिडियो अपलोड गर्न साथ नि:शुल्क भिडियो हेर्न पाउनेगरी तपाईको मोबाईलमा नोटिफिकेशन आउँनेछ ।

सम्बन्धित खबरहरु