काठमाडौ । त्रिभुवन विश्वविद्यालयले परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुर काठमाडौले स्नातकोत्तरको परीक्षाफल प्रकाशित गरेको हो ।

आज भर्खरै प्रकाशित सूचनामा भनिएको छ विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुर काठमाडौद्धारा सेमेष्टर परीक्षा प्रणाली अनुसार २०७७ साल चैत्र २०७८ साल बैशाख महिनामा सञ्चालन भएको स्नातकोत्तर तह Environmental Health in Master Degree विषय प्रथम बर्ष प्रथम शत्रको परीक्षाफल प्रकाशित भएको छ ।

२०७६ समूहको परीक्षाको परीक्षाफल विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान, परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ ।

सो परीक्षामा निम्नांकित क्रमांक भएका परीक्षार्थीहरु उत्तीर्ण भएका छन् ।

लब्धांक पत्र सम्बन्धित केन्द्रीय विभाग क्याम्पसबाट प्राप्त हुनेछ । परीक्षाफल सकेसम्म त्रुटीरहित होस् भन्ने उदेश्य राखी प्रकाशित गरिएको छ तापनि छपाई तथा अन्य कुनै कारणबाट त्रुटी हुन गएको देखिएमा यस कार्यालयको अभिलेखबाट सच्याईने व्यहोरा अवगत छ सूचनामा भनिएको छ ।

साथै पुनर्योग गर्न चाहने परीक्षार्थीहरुले परीक्षफल प्रकाशित भएको मितिले २० दिनभित्र पुनर्योगको लागि आवेदन दिई सक्नुपर्ने छ सूचनामा उल्लेखछ ।

आजका चर्चित पोष्टहरु पढ्न चाहानुहुन्छ भने लिंकमा क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु