काठमाडौं । भारतकी चर्चित गायिका लता मंगेशकरले आइतबार ९२ वर्षको उमेरमा अन्तिम सास लिइन् ।
स्वर कोकिला भनेर चिनिने लता मंगेशकरले ६ फेब्रुअरी २०२२ मा संसारलाई बिदाइ गरिन् ।
शिवाजी पार्कमा लता मंगेशकरलाई अन्तिम बिदाइ गर्न सिने जगतसँग जोडिएका सबै कलकार पुगेका थिए । यसै क्रममा बलिउडका बादशाह शाहरुख खान पनि लता मंगेशकरलाई अन्तिम श्रद्धाञ्जली दिन पुगेका थिए ।

शाहरुख खानसँग उनकी म्यानेजर पूजा ददलानी पनि देखिएकी थिइन् । लता मंगेशकरलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने क्रममा शाहरुख खानले फातिहा पठाए र प्रार्थना गरेर अनुष्ठान पूरा गरे ।
आइतबार बेलुकादेखि नै उको एक भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । यो भिडियोलाई गलत अर्थ लगाएर ट्रोल गरिएको हो । भिडियो सार्वजनिक भएपछि केही व्यक्तिले अनावश्यक रूपमा शाहरुख खानको आलोचना गरिरहेका छन् ।
ट्रोलहरूले अभिनेता खानले गायिका मंगेशकरको लाशमा थुकेको आरोप लगाएका छन् । मुस्लिम धर्ममा फुक्नुको विशेष अर्थ रहेको छ । मुस्लिमहरु नमाज पढेपछि फुक्ने गर्छन् ।
शाहरुख खानका फ्यानहरु उनको बचाउमा उत्रेका छन् । अर्कोतिर लता मंगेशकरलाई अन्तिम श्रद्धाञ्जली दिन धेरै बलिउड कलाकारहरु पुगेका छैनन् । यसमा सलमान खान, दीपिका पादुकोण, रणवीर सिंह, अजय देवगन, काजोल, जितेन्द्र, हेमा मालिनी, धर्मेन्द्र लगायत धेरै कलाकार रहेका छन् ।
उनीहरुले सामाजिक सञ्जालमार्फत लता दिदीलाई श्रद्धाञ्जली दिएका छन् । लता मंगेशकरको अन्त्येष्टिमा रणवीर कपूर, अमिताभ बच्चन, राहुल वैद्य, श्रद्धा कपूर र मधुर भण्डाकर जस्ता धेरै कलाकारहरु पुगेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि अन्तिम संस्कारमा सहभागि थिए ।

