काठमाडौं। अमेरिकी डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्यमा बिहीबार गिरावट आएको छ। विश्वका ठुला स्टक मार्केट लगानीकर्ता पुनः सुनतर्फ आकर्षित भएको संकेत छ।
सुनचाँदीको मूल्यमा बिहीबार पुनः बढोत्तरी छ। २४ घण्टामा सुन १३३.४० डलरले महँगिदै प्रति औंस ४६९१.५९ डलर भएको छ। चाँदी ४.१७ डलरले बढेर प्रति औंस ७७.२७ डलरले कारोबार भइरहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार १ अमेरिकी डलरको खरिद दर १५१ रुपैयाँ ८ पैसा र बिक्री दर १५१ रुपैयाँ ६८ पैसा भएको छ। बुधबार खरिद दर १५२ रुपैयाँ १६ पैसा र बिक्री दर १५२ रुपैयाँ ७६ पैसा थियो।
युरोपियन युरोको खरिद दर १७८ रुपैयाँ ५ पैसा र बिक्री दर १७८ रुपैयाँ ७५ पैसा भएको छ। शुक्रबार खरिद दर १७७ रुपैयाँ ९२ पैसा र बिक्री दर १७८ रुपैयाँ ६२ पैसा थियो। पाउण्ड स्टर्लिङको खरिद दर २०६ रुपैयाँ ४ पैसा र बिक्री दर २०६ रुपैयाँ ८६ पैसा भएको छ। शुक्रबार खरिद दर २०६ रुपैयाँ ११ पैसा र बिक्री दर २०६ रुपैयाँ ९२ पैसा थियो।


