२०८२ फाल्गुन २६ गते मङ्गलवार | 2026 March 10th Tuesday

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको फाइनलमा

FRENCH OPEN NOVAK DJOKOVIC BREAKS CARLOS ALCARAZ IN 'SENSATIONAL' RALLY AFTER BEING 'BEHIND THE UMPIRE'

काठमाडौं । सर्बियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । पेरिसमा हिजो भएको प्रतिस्पर्धामा स्पेनका कार्लोस अल्कारेजलाई हराउँदै जोकोभिच उपाधि नजिक पुगेका हुन् ।

तेस्रो वरीयताका जोकोभिचले अल्कारेजलाई ६–३, ५–७, ६–१ र ६–१ ले पराजित गरे । जोकोभिच सातौं पटक फ्रेन्च ओपनको फाइनलमा पुगेका हुन् । जोकोभिचको यो ३४ औं ग्रान्डस्लाम फाइनल हो । जोकोभिक फ्रेन्च ओपनको दुई पटकको च्याम्पियन र २३ पटक ग्रान्डस्लाम विजेता हुन् ।

प्रकाशित मिति : २०८० जेष्ठ २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस