२०८३ असोज २ गते शुक्रवार | 2026 September 18th Friday

मोदीद्वारा रास्वपालाई बधाई, रवि लामिछाने र बालेन शाहसँग टेलिफोन संवाद

प्रकाश काफ्ले / काठमाडौं ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोनमार्फत संवाद गरेका छन्।

सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले हालै सम्पन्न निर्वाचनमा रास्वपाले प्राप्त गरेको उल्लेखनीय सफलताप्रति दुवै नेतालाई बधाई दिएका छन्।

मोदीले नयाँ सरकार गठनको प्रक्रियालाई सफलताको शुभकामना दिँदै नेपाल र भारतबीचको मित्रता, सहकार्य तथा साझा विकासलाई अझ सुदृढ बनाउँदै अघि बढ्न भारत सधैं प्रतिबद्ध रहने बताएका छन्।

साथै उनले भविष्यमा दुई देशबीचको सम्बन्ध अझ मजबुत र नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२ फाल्गुन २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस