२०८३ बैशाख १६ गते बुधवार | 2026 April 29th Wednesday

रास्वपाको हविगत पनि छिट्टै पुराना पार्टीहरूको जस्तै हुँदैछ : महासचिव घनश्याम भुसाल

काठमाडौं । संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हविगत छिट्टै नै पुराना दलहरूको जस्तै हुने सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले दाबी गर्नुभएको छ । पुँजीवादी व्यवस्थामाथि प्रश्न नउठाउने जस्तोसुकै नयाँ राजनीतिक दलको हविगत पुरानाको जस्तै हुने उहाँको भनाइ थियो ।

एकीकृत समाजवादी निकट ‘समाजवादी पेशागत कानून व्यवसायी संगठन’ले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव भुसालले दलाल पूँजीवादले मुलुकमा ल्याएको समस्या समाधान गर्ने बाटोमा कुनै कदम नचालेकाले नयाँ दलको रुपमा आएको रास्वपाको पनि छिट्टै बेहाल हुने बताउनुभयो ।

अहिले राजनीतिक जुन नयाँ भन्ने चिज आइराख्या छ । स्वतन्त्र भन्ने जुन चिज आइराख्या छ, तिनको पनि त्यही हविगत हुन्छ । किनभने ती कसैले पनि यो दलाल, पूँजीवादमाथि प्रश्न उठाएका छैनन्, सुशासनको कुरा उठाएका छैनन्, जसले रोजगारी सृजना हुन्छ । हाम्रा बच्चाबच्चीहरुले नयाँ जिन्दगीका लागि रोजगारी पाउँछन ।

त्यो भन्दा राम्रो रोजगारी पाउँछन । यसतर्फ उनीहरुका पनि मुद्दा केन्द्रित छैनन्, उहाँले भन्नुभयो । राजनीतिक दलहरूको काम दलाल पूजीवादले निम्त्याएका समस्या समाधान गर्दै राष्ट्रिय पुँजीको विकास गर्नु रहेको भुसालको भनाइ थियो ।

 

प्रकाशित मिति : २०८० असार २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस