२०८३ कार्तिक ९ गते आइतवार | 2026 October 25th Sunday

यस्तो रहेछ झापा कैदीहरुको बिद्रोहको खास कारण

चन्द्रगडी । शुक्रबार साहयक चौकिदार मनोज लावतीलाई कारागार प्रशासनले झुम्का जेल सरुवा गर्ने निर्णय गरेपछि त्यहाँ कारागारभित्र नै अशान्ति मच्चियो । जसअनुसार स्थान अन्तरका लागि बाहिर निकाल्न लाग्दा कैदी बन्दिहरु आन्दोलित बने ।

ढुङ्गा मुढा र टायर बालेर आगजनी गरे। करिब तीन घण्टा स्थिति भयावह बन्यो । अन्तमा झापा प्रशासनको सोच पुर्ण निर्णयले स्थिति सामान्य बन्यो , अप्रिय घटना हुन पाएन । तर आन्तरिक स्थिति भने त्रासपूर्ण अवस्थामा छ।

करिब सोह्र सय कैदि बन्दी रहेको झापा कारागारमा ठुलो आर्थिक चलखेलको कुरा पहिले देखि चल्दै आएको थियो । कैदी बन्दिहरुको लागि आएको रकम बन्दीहरुले पचास प्रतिशत मात्रै उपभोग गर्न पाउने नाम उल्लेख नगर्ने सर्तमा एक कैदी बताउछन् ।

उनी भन्छन ” खानाको लागि आएको रकम, टेलिफोन गर्दा लाग्ने चार्ज, विदेशबाट आफन्तले जेल भित्रका कैदीलाई पठाउदा कट्टा गरेको दस प्रतिशत रकम र विभिन्न माध्यमबाट कैदी बन्दीहरुको लागि आएको रकमको खर्च पत्तै नपाइने ” उनी बताउछन। उक्त रकम जेलर मोहन प्रसाद पनेरु र चौकिदार मिलेर खाने गरेको कैदी बन्दीहरुको आरोप छ।

किन भयो त विद्रोह ?

हाल उक्त कारागारमा चौकिदार लय प्रसाद शिवाकोटी हुन भने साहयक चौकिदार मनोज लावती र कुमार शेर्पा छन। साहयक चौकिदार मनोज कुमार लावती अबको चौकिदारको लाईनमा छन। उनी आएको रकम पारदर्शी तरिकाले सबै कैदी बन्दिहरुले पाउनु पर्छ भन्ने पक्षमा रहेकोले जेल प्रशासनले चौकिदार लावतीलाई सरुवा गर्न लागि परेको कैदी बन्दी बताउछन् । उक्त कुरा कैदीहरुले थाहा पाएपछि कारागारमा विद्रोह जन्मिएको हो उनी भन्छन् “अन्यायमा परेको कुरा बोल्न पाइदैन भौतिक कार्वाही गरिहाल्छन ।

 

 

प्रकाशित मिति : २०८० साउन २० गते शनिवार
प्रतिक्रिया दिनुहोस