२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

राति साढे १० बजे घरबाटै अपहरणमा परेका जीतबहादुरलाई बन्धक बनाएर कुटपिट गर्दैगर्दा प्रहरीले भेटेपछि ज्यान बच्यो

काठमाडौं । अपहरण गरी बन्धक बनाई ज्यान मार्ने उदेश्यले कुटपिट गरेको आरोपमा ७ जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा दाङको घारोही उपपमहानगरपालिका–१९ का २४ वर्षीय हिरा सुनार, सोही ठाउँका २३ वर्षीय जीवन सुनार, ३४ वर्षीय खिमबहादुर घर्ती, ३२ वर्षीय दीपक सुनार, २० वर्षीय मनोज घर्तीमगर र १३ वर्षका २ बालक छन्।

भदौ ३ गते राति साढे १० बजे घोराही–१३ सेवार सप्तरंगी टोलमा भाडामा बस्दै आएका ४१ वर्षीय जीतबहादुर विक अपहरणमा परेका थिए। अपरिचित व्यक्तिहरुको समूहले उनलाई अपहरण गरी लगेको भन्दै १०ः४५ बजे जिल्ला प्रहरी कार्यालय दाङमा खबर पुगेको थियो। त्यसपछि डीएसपी राजनकुमार गौतमको कमाण्ड टोली अनुसन्धानमा खटिएको थियो। सो क्रममा अपहरणकारीहरुले रा १ ह ४१३१ नमबरको अटोमा हालेर लगेको भन्ने प्रहरीले पत्ता लगाएको थियो।

त्यसपछि थप अनुसन्धान गर्ने क्रममा हाल पक्राउ परेका दीपक सुनारको घरोही–१९ थकालीटोल स्थित घरमा लगेर बन्धक बनाइ कुटपिट गर्दै गरेको अवस्थामा बिहानीपख साढे ३ बजे उनको उद्धार गरिएको डीएसपी गौतमले बताउनुभयो ।

ज्यान मार्ने उद्देश्यले जीवनबहादुरमाथि कुटपिट भएको प्रहरीले जनाएको छ। जीवनबहादुरलाई उपचारका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको छ। यो घटनामा संलग्न भएको आरोपमा ७ जना पक्राउ परेका छन्। उनीहरुविरुद्ध अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योगको कसुरमा जिल्ला अदालत दाङबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ।

 

प्रकाशित मिति : २०८० भाद्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस