२०८२ मङ्सिर २२ गते आइतवार | 2025 December 7th Sunday

सांसदका अधिकांश कुर्सी खाली: मात्र ५९ जना उपस्थितले गणपूरक संख्या नपुगेर बैठक स्थगित – भिडियो

nepali parliament samsad live :

काठमाडौं । प्रतिनिधिसभामा गणपूरक संख्या नपुगेकाले केही नेपाल ऐन संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन । मंगलबार प्रतिनिधिसभामा सैद्धान्तिक छलफलपछि सभामुख देवराज घिमिरेले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्न लागेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ, नेकपा एमालेका सांसद ठाकुर गैरे र दामोदर बैरागीले नियमापत्ति जनाउनुभयो ।

उहाँहरुले संसदमा गणपूरक संख्या नपुगेकाले उक्त प्रस्ताव पेश गर्न नपाइने बताउनुभयो । सभामुख घिमिरेले ३ मिनेट घण्टी बजाई सांसदहरुको संख्या यकीन गर्दा गणपूरक संख्या नपुगेको पाइएको थियो । संविधानको धारा ९४ मा प्रतिनिधिसभामा कुनै प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधिसभाको एक चौथाइ सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ । अर्थात् २७५ सदस्यीय प्रतिनिधिसभामा कुनै प्रस्ताव निर्णयार्थ पेश गर्न ६९ जना सांसदहरु उपस्थित हुनुपर्छ । तर सभामुखको निर्देशनपछि गणना गर्दा ५९ जना सांसदमात्र उपस्थित भएको पाइएको थियो ।

त्यसपछि सभामुख घिमिरेले उक्त विधेयक विचार गरियोस् भन्ने प्रस्ताव अघि नबढाइ कार्यसूचीका अन्य विषय पनि हटाएर प्रतिनिधिसभा बैठक ६ दिनपछि अर्थात् भदौ १८ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गर्नुभयो ।

 

 

 

प्रकाशित मिति : २०८० भाद्र १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस