२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

बालेन विश्वका सय नेताको सूचीमा समेटिए, ३ सय ८५ जना जनप्रतिनिधि बालेन आलोकमा जितेको दावी

काठमाडौं । विश्व प्रतिष्ठित ‘टाइम म्यागेजिन’ले काठमाडौं महानगरपालिकाका मेयर बलेन साहलाई उदीयमान एक सय नेताको सूचीमा समेटेको छ । वर्ष व्यक्ति, टाइम १०० लगायतमा वर्षका प्रभावशाली व्यक्तिहरूको सूची प्रकाशन गर्दै आएको टाइमले स्वास्थ्य, वातावरण, खेल, व्यवसाय, राजनीति कलाजस्ता क्षेत्रका उदाउँदा नेताहरूको सूचीमा मेयर साहलाई पनि समेटेको हो ।

आगामी दिनमा आफू आबद्ध क्षेत्रलाई स्पष्ट रूप दिन सक्ने र आफ्नो उपस्थितिलाई परिभाषित गर्न सक्ने मध्येबाट टाइम म्यागेजिनले सय जना छनोट गरेको हो। साहलाई ‘२०२३ टाइम १०० नेक्स्ट’ सूचीमा समावेश गर्दै उहाँले गत स्थानीय तहको निर्वाचनमा हासिल गरेको अप्रत्याशित जितको चर्चा गरेको छ । म्यागेजिनले साहले लगाउने चस्मा, पहिरन नै ‘ब्रान्ड’को रूपमा स्थापित भएको उल्लेख गरेको छ।

निर्वाचनअघि आफूले गरेका वाचा पूरा गर्नका लागि चालेका केही कदम, विशेष गरेर सहरका गरिबमाथि परेको प्रभावका कारण, उनले आलोचना पनि खेप्न परिरहेको उल्लेख गरिएको छ । ३८५ जना स्वतन्त्र उम्मेदवारले दिग्गज राजनीतिज्ञहरूलाई हराउन सफल भएको पनि बताइएको छ । ३३ वर्षीय शाहले टिकटका, ट्विटर र इन्स्टाग्राममार्फत् आफ्नो पक्षमा पारेको र ‘बालेन प्रभाव’को रूपमा विस्तार गरेको उल्लेख गर्दै बालेनकै आलोकमा ३ सय ८५ जना स्वतन्त्रहरूले पुराना र पाका उम्मेदवारहरूलाई पाखा लगाएको पनि टाइम म्यागेजिनले उल्लेख गरेको छ।

प्रकाशित मिति : २०८० भाद्र २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस