२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

संघीय निजामती विधेयक भोलि पारित गरेर संसद पठाउँछौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयकलाई केही दिनभित्रै संसदमा पेश गर्ने बताउनुभएको छ । सोमबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले भोलि बस्ने मन्त्रिपरिषद बैठकले विधेयक पारित गरी संसदमा पेश गर्ने सम्भावना रहेको बताउनुभयो ।

संघीय निजामती सेवा विधेयक ल्याउन ढिला भएको स्वीकार गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘सम्भवतः भोलिको मन्त्रिपरिषदको बैठकबाट पारित गरेर सदन समक्ष प्रस्तुत गर्ने तयारी रहेको जानकारी गराउन चाहन्छु ।’ अघिल्लो प्रतिनिधिसभाको राज्य व्यवस्था समितिबाट पारित भएको विधेयकलाई सरकारले परिमार्जन गरेर अन्तिम रुप दिएको पनि प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।

 

प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस