२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

क्रिकेटमा नेपालले सन् २०१७ मा भारतलाई धुलो चटाएको थियो, आज त्यही कामना

Nepal Vs India 2017

काठमाडौं । भारतविरुद्ध क्रिकेटको कुनैपनि आधिकारिक प्रतियोगितामा नेपालले जितेको यो नै पहिलो पटक थियो । सन् १९१७ मा मलेसियामा भएको १९ वर्षभन्दा कम उमेर समूहको एसियाली क्रिकेट प्रतियोगिता यु–१९ एसिया कपमा नेपालले भारतलाई १९ रनले पराजित गरेको थियो । आज सिनियरहरुको आमनेसामनेमापनि यही कामना गरिएको छ ।

टेष्ट खेल्ने राष्ट्र भारतविरुद्ध नेपालले कुनैपनि आधिकारिक क्रिकेट प्रतियोगितामा जित हात पारेको यो नै पहिलो पटक थियो । सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको नेपालले उमेर समूहकै प्रतियोगितामा अविस्मरणीय नतिजाहरु निकाल्दै आएको छ। यो क्रममा नेपालले क्रिकेटका अरु महारथीहरु दक्षिण अफ्रिका, न्युजिल्याण्ड, पाकिस्तान, बांग्लादेश, जिम्वावे जस्ता टेष्ट राष्ट्रलाई समेत हराएको छ ।

 

प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस