२०८२ फाल्गुन २८ गते बिहिवार | 2026 March 12th Thursday

आईसीसी विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध भारतले कष्टपूर्ण २२९ रन बनायो, कोहली ० रनमा आउट

ICC World Cup Cricket India score a miserable 229 against England, Kohli dismissed for 0 runs

काठमाडौं । विश्वकप क्रिकेटमा आयोजक भारतले इङ्ल्यान्डविरुद्ध २२९ रन बनाएको छ।भारतको लखनउस्थित एकना स्पोर्ट्स सिटीमा आज दिउँसो २ः १५ बजे सुरु भएको यो खेलमा इङ्ल्यान्डले टस जितेर भारतलाई पहिला व्याटिङ गर्न लगाएपछि भारतले निर्धारीत ५० ओरभरमा ९ विकेट गुमाएर २२९ रन बनाएको हो ।

भारतका लागि सबै भन्दा वढि कप्तान रोहित शर्माले १०१ बलमा १० चौका र ३ छक्कासंगै ८७ रन बनाए। सुर्य कुमार यादवले ४७ बलमा ४ चौका र १ छक्कासंगै ४९ रन बनाए । त्यसैगरी के.एल. राहुलले ५८ बलमा ३ चौकासंगै ३९ रनको योगदान दिए। भारतका विराट कोहली ० रनमा ,शुभमन गिल ९ रनमा,रवींद्र जाडेजा ८ रनमा , मोहम्मद शमी १ रनमा, जसप्रीत बुमराह १६ रनमा, तथा श्रेयस अय्यर ४ रनमा आउट भए।

कुलदीप यादव ९ रनमा नट आउट रहे। इग्ल्याण्डका डेविड विली तीन विकेट र क्रिस वोक्स र आदिल रशीदले दुई दुई लिए । त्यसैगरी मार्क वुडले एक विकेट लिए । हालसम्म ५ खेल खेलेको भारतले ५ वटैमा जित हात पारेर अङ्क तालिकाको शिर्ष स्थानमा रहेको छ। तर, जोश बटलरको समान ५ खेल खेलेको इङ्ल्यान्ड १ खेलमा मात्रै जित हात पारेर अङ्क तालिकाको पुछारमा रहेको छ।

विश्वकपको इतिहासमा भारत र इङ्ल्यान्डबीच ८ वटा म्याच भएको छ। जसमा भारतले मात्रै ३ खेलमा जित हात पारेको छ भने इङ्ल्यान्डले ४ खेल जितेको छ। विश्वकपमा भारतले पछिल्लो समय २००३ मा इङ्ल्यान्डलाई पराजित गरेको थियो। २०११ को विश्वकप क्रिकेटमा दुबै टिमबीचको म्याच टाइ भएको थियो। जबकि २०१९ मा भारत इङ्ल्यान्डसँग ३१ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : २०८० कार्तिक १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस