२०८२ असार २८ गते शनिवार | 2025 July 12th Saturday

हरेक छोरीले जन्म घर छोडेर कर्म घर जानुअघि आफ्ना बुबाबाट यी ५ कुरा सुन्न चाहन्छिन्

relationship every father should say these 5 things to his daughter before her marriage

काठमाडौं । हरेक बुबाले आफ्नी छोरीका लागि राम्रो कर्मघर, जुवाई खोज्ने प्रयास गर्छन् । जहाँ उनलाई कुनै समस्या नपरोस्। तर छोरीको सुखी जीवनका लागि यतिले मात्र पुग्दैन । उनलाई केही निर्देशन र सदैव साथ दिने आश्वासन पनि दिन जरुरी छ ।

हरेक छोरीका लागि उनको बुबा एक वास्तविक जीवनको सुपर हीरो हो। उनी पहिलो मानिस हुन् जसलाई उनले आँखा चिम्लेर विश्वास गर्छिन्। छोरीले आफ्नो जीवनमा आफ्नो बुबाका लागि गरेको माया र स्थान धेरै पटक उनी आफैं पनि शब्दमा व्यक्त गर्न सक्दिनन्। बिहे गरेर आफ्नो नयाँ दुनियाँ निर्माण गर्दा बुबालाई कति साहस चाहिन्छ भनेर खुलेर बताउन पनि सक्दिनन् ।

यस्तो अवस्थामा आफ्नी छोरीलाई अरुको घरमा पठाउनुअघि केही कुरा स्पष्टसँग भन्नु हरेक बाबुको कर्तव्य हो, ताकि उनी अपरिचितको बीचमा पनि एक्लो नपरुन् । छोरीहरु बुबाबाट यी ५ कुरा सुन्न चाहान्छन् । हरेक बाबुले छोरीलाई बिहे गरेर विदा गर्ने दिन यी कुरा भन्नै पर्छ ।

यो घर बिहे पछि पनि तिम्रो रहनेछ
भनिन्छ, बिहेपछि केटीको माइतीघर उसका लागि परदेशी हुन जान्छ । तसर्थ, यो महत्त्वपूर्ण छ कि एक बुबाले आफ्नी छोरीलाई छोड्नु अघि, यो घर सधैं तिम्रो हुनेछ भनेर आश्वस्त पार्नुपर्छ । दाजुभाई र उनका श्रीमतीलेपनि म रहँदासम्म तिमीलाई अर्काको सदस्य जस्तो महसुस नै गर्न दिन्न भनेर बुबाले छोरीलाई आश्वस्त हुनेगरी भन्नुपर्छ ।

जस्तोसुकै समस्या भए पनि म छु
विवाह गरेर अर्को घरमा आफ्नो नयाँ संसार स्थापना गर्न अगाडि बढिरहेकी छोरीका लागि यो जटिलताले भरिएको समय हो। यस्तो अवस्थामा बुबाबाट छोरीहरुले ‘चिन्ता नगर, जस्तो सुकै आइपरेपनि म यहाँ छु’ भन्ने सुन्नु नै उनको लागि सबैभन्दा ठूलो सान्त्वना हो । जसका कारण श्रीमानसँग जाँदा त्यो घरमा कसैले केही गरेको खण्डमापनि सहन बाध्य हुने छैनन् ।

श्रीमानको घरमा सबैलाई सम्मान गर्ने
बिदाइ गर्नुअघि बुबाले छोरीलाई आफ्नो घर अर्थात अब जाँदै गरेको घरका श्रीमानका आमाबुबालाईपनि आफूहरु जस्तै आमाबुबा सरह मान्नुपर्छ र उहाँहरुबाटपनि माया पाउनेछौं । हामीलाई जस्तो माया गरेकी छौ, त्यसरी नै माया र सम्मान गर्नुपर्छ भन्ने कुरा बुझाउनु अति आवश्यक छ ।

आत्मसम्मानमा सम्झौता नगर्ने
छोरीले ससुरा घरमा कस्ता कुरामा सम्झौता गर्नुपर्छ भन्ने कुरा उनलाई मात्र थाहा छ। त्यसैले यो महत्त्वपूर्ण छ कि बिदाइ गर्नु अघि बुबाले छोरीलाई आफ्नो आत्मसम्मानको रक्षा गर्न पाठ सिकाउनुहुन्छ। ताकि उसले आफ्ना लागि उभिने साहस होस्।

श्रीमानको अपमान सहनु पर्दैन
श्रीमानले आफ्नी श्रीमतीलाई त्यति नै आदर गर्नुपर्छ जति उसले आफ्ना लागि आदरको अपेक्षा गर्दछ। तसर्थ आफ्नी छोरीलाई गलत कुरामा दवाव र पीडा सहनबाट जोगाउन र जीवनभर खुसी राख्न बाबुले पतिको नराम्रो व्यवहार चुपचाप नसहन निर्देशन दिनुपर्छ । जे हुन्छ सबै भन्नु त्यसकाविरुद्ध लड्न म छु भन्नुपर्छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस