२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

एमालेका शुभकामना-चियापान कार्यक्रम स्थगित: भूकम्प पीडितको उद्धारमा जुट्न नेता-कार्यकर्तालाई अपिल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्राकृतिक विपद्को यस घडीमा पार्टीका आज आयोजना गरिएका शुभकामना आदानप्रदान तथा चियापान लगायतका कार्यक्रमहरू स्थगित गर्न भनेको छ । साथै भूकम्प प्रभावित जिल्लाका नेता–कार्यकर्ताहरूलाई भूकम्प पीडितको उद्धार कार्यमा सहयोग पुयाउने काममा जुट्न आह्वान गरेको छ ।’

आज एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले एक विज्ञप्ति जारी गर्दै धेरै संख्यामा नागरिकको मृत्यु भएको, घाइते बनेका तथा ठूलो सङ्ख्यामा घरहरू भत्कनुका साथै भौतिक पूर्वाधारहरूमा क्षति पुगेकाले उद्धार तथा राहतका लागि सरकारसँग जोडदार माग गरेका छन् । ‘

विज्ञप्तिमा भनिएको छ, ‘भूकम्प पीडितहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा बसोवासको व्यवस्था गर्न, पीडितहरूलाई राहत उपलब्ध गराउन तथा घाइतेहरूको शीघ्रातिशीघ्र उपचारको व्यवस्था मिलाउन’ सरकारसँग जोडदार माग गर्दछ । नेकपा (एमाले) यस प्राकृतिक विपद्मा परी निधन हुनुभएकाहरू प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गर्दछ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।’

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस