२०८२ असोज १९ गते आइतवार | 2025 October 5th Sunday

मन्त्रीहरूलाई आत्तिएको स्वरमा फोन आयो बूढानिलकण्ठ आइहाल्नुहोस् प्रचण्डले फेरि धोका दिइसके

काठमाडौं । नेपाली कांंग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका तर्फबाट संघीय सरकारमा सहभागी भएका सबै मन्त्रीहरूलाई आफ्नो निवास बूढानिलकण्ठ बोलाएर छलफल गरेका छन्। सभापति देउवाले मन्त्रीहरूसँँग समसामयिक राजनीति, संंक्रमणकालीन न्यायसम्बन्धी विषय, रास्ट्रिय सभा अध्यक्षको चुनाव र मन्त्रिपरिषद पुनर्गठनका सन्दर्भमा छलफल गरेका हुन्।

सभापति देउवाले आइतबार अपराह्न ३ बजेदेखि पौने ७ बजेसम्म मन्त्रीहरुसँँग छलफल गरेका थिए। देउवाले मन्त्रीहरुसँग अब परिस्थिती उल्टिएको ब्रिफिङ गरे । माओवादीले जे–जे भन्छ त्यो मानेन भने अब तपाईहरुको जागिर खुस्किने भयो । जागिर त्याग्ने कि भनेको मान्ने ? देउवाको पहिलो वाक्य नै यही थियो । भेटमा सहभागी एक मन्त्रीले खुलाए । हामीले अब प्रचण्डले जे भन्छन् त्यो मानेनौं भने प्रचण्डले फेरि एमालेतर्फ जाने धम्कि दिइसकेको र आफूहरुलाई फेरि धोका दिएको इतिबृत्तान्त देउवाले छलफलमा सुनाएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफूले भने अनुसार मन्त्रिपरिषद पुनर्गठन हुनुपर्ने, हटाउन चाहेका मन्त्री हट्नुपर्ने दिएको मन्त्रालय मात्र लिनुपर्ने र राष्ट्रिय सभाको अध्यक्ष जसरीपनि माओवादीले राख्ने अडान लिएपछि देउवाले आत्तिदै छलफलमा बोलाएका थिए ।

कांंग्रेसबाट मन्त्री भएका ९ जनामध्ये युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू बूढानिलकण्ठ गएका थिएनन्। उनी परिक्षा दिन गएकोले छलफलमा सहभागी नभएको बताइएको छ । बाँकी सबै पुगेका थिए ।

मन्त्रीहरूसँग सभापति देउवा, नेता कृष्णप्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखकले छलफल गरेको स्रोतको भनाइ छ। सभापति देउवाले प्रधानमन्त्रीको दबाबका कारण मन्त्रिपरिषद पुनर्गठन हुन सक्ने र त्यसका लागि तयार रहन पनि आग्रह गरेका थिए।

यो गठबन्धन सरकार हो, मेरो मात्रै होइन, प्रधानमन्त्रीजीको पनि मन जित्ने गरी काम गर्नुहोस्, सभापति देउवाको भनाइ थियो। सभापति देउवाले पार्टी प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतलाई प्रधानमन्त्री प्रचण्डसँँग समन्वय गरेर अघि बढ्न आग्रह गरेको स्रोत बताउँछ। यस्तै सोमबार सत्ता गठबन्धन बैठक बस्ने भएकोले त्यसअघि आफ्ना मन्त्रीहरुसँग सभापति देउवाले छलफल गरेको स्रोतको भनाइ छ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २० गते आइतवार
प्रतिक्रिया दिनुहोस