काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा एक हजार ६ सय रुपैयाँले घटेर २ लाख ७३ हजार ९ सय रुपैयाँ कायम भएको हो ।
अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन तोलामा २ लाख ७५ हजार ५ सय रुपैयाँ कायम भएको थियो । यस्तै मंगलबार चाँदीको मूल्य बढेको छ । सोमबार तोलामा ४ हजार ४२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर ४ हजार ५०५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।
प्रकाशित मिति : २०८२ चैत्र १० गते मङ्गलवार

