२०८२ मङ्सिर ३ गते मङ्गलवार | 2025 November 18th Tuesday

अमेरिकाको पुलमा ठोक्किएको थियो श्रीलंका हिँडेको जहाज, पुल समुन्द्रमा ढल्दा कयौं मानिस हताहत

काठमाडौं । अमेरिकाको मेरिल्याण्डमा श्रीलंकाका लागि हिँडेको जहाज ठोक्किएपछि ‘फ्रान्सिस स्कट की’ पुल भत्किएको छ । न्यूयोर्क टाइम्सका अनुसार घटना अमेरिकी समय अनुसार बिहान १ः३० बजे भएको हो। पुलमा ठोक्किएपछि जहाजमा आगो लागेको थियो । सिंगापुरको झण्डा बोकेको यो जहाज श्रीलंकाको राजधानी कोलम्बो जाँदै थियो । यो एउटा कार्गो जहाज हो ।

त्यहाँबाट हिँडेको केही समय भैसकेको थियो । २२ अप्रिलमा श्रीलंका पुग्ने कार्यक्रम थियो । जहाजको नाम डाली रहेको बताइएको छ । पुल भत्किँदा धेरै सवारी साधन र यात्रु पानीमा डुबेका छन् । दमकल विभागका अनुसार हालसम्म ७ जना बेपत्ता छन् भने २ जनाको उद्धार गरिएको छ । जसमध्ये एकको अवस्था गम्भीर छ । जबकि जहाज चालक दल सकुशल छ। तर कयौं मिटर लामो मोटरेवल पुल समुन्द्रमा खस्दा कति मानिस खसे र कति सवारी खसे भन्ने एकिन हुन सकेको छैन ।

बाहिर आएको फुटेज जहाज पुलमा ठोक्किएको समयको छ । कार्गो जहाजमा रहेका चालक दलका सबै सदस्य सकुशल छन् । ९४८ फिट लामो डाली जहाज अप्रिल २२ मा श्रीलंका पुग्ने तय भएको थियो । हालसम्म पुलमा कति मानिस थिए र उनीहरु अहिले कस्तो अवस्थामा छन् भन्ने खुल्न सकेको छैन । ब्लूमबर्गको रिपोर्टका अनुसार मेरील्याण्ड यातायात प्राधिकरणले पुलमा दुर्घटना भएपछि सबै लेनहरू बन्द गरी यातायात बन्द गरिएको बताएको छ।

डालीको जहाज ९४८ फिट लामो थियो। फ्रान्सिस पुल १९७७ मा पेटाप्सा नदीमा बनाइएको थियो। अमेरिकाको राष्ट्रिय गान लेख्ने फ्रान्सिस स्कट की को नाममा यसको नाम राखिएको हो।

जहाजका चालकदल सकुशल छन्, दुर्घटनाको कारण भने खुल्न सकेको छैन
डाली जहाजको स्वामित्वमा रहेको कम्पनीले जहाजमा उपस्थित दुई पाइलटसहित सम्पूर्ण चालकदल सकुशल रहेको जनाएको छ । उनीहरु घाइते भएका छैनन् । जहाज र पुल ठोक्किनुको कारण भने खुल्न सकेको छैन । जहाजका मालिक र अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्। न्यूयोर्क टाइम्सका अनुसार बाल्टिमोर हार्बरमा पानीको तापक्रम ९ डिग्री सेल्सियस छ। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार जब तापक्रम २१ डिग्री सेल्सियसभन्दा कम हुन्छ, शरीरको तापक्रम पनि तीव्र गतिमा घट्छ। जसका कारण पानीमा डुबेका मानिसको ज्यान जोखिममा पर्न सक्छ ।

गत वर्ष बाल्टिमोर बन्दरगाहबाट ६.६७ लाख करोड रुपैयाँको सामान पास भएको थियो
मेरील्याण्ड सरकारको वेबसाइटका अनुसार गत वर्ष बाल्टिमोर बन्दरगाहबाट करिब ५२ मिलियन टन अन्तर्राष्ट्रिय कार्गो गएको थियो। यसको मूल्य ७.६७ लाख करोड रुपैयाँ थियो। यस बन्दरगाहबाट १५ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । जसका कारण मेरिल्याण्डमा पनि करिब १.३९ लाख मानिसले जनजीवन चलाएका छन् ।

 

प्रकाशित मिति : २०८० चैत्र १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस