२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

बझाङमा एमालेका भण्डारीले बढाए मतान्तर

धनगढी, वैशाख १७ । बझाङको प्रदेश सभा उपनिर्वाचनमा खसे‍को मत गणना भइरहेको छ। अहिलेसम्म नेकपा (एमाले) का उम्मेदवार दमन भण्डारी अगाडि छन्। उनले १०५६१ मत ल्याएका छन्।

यहाँ नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले १०४७० मत ल्याएका छन्। एमालेका भण्डारी ९१ मतसहित अगाडि छन्। माओवादीका जनकबहादुर बुढाले ३७२३ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २४६० मत ल्याएका छन्। ५० वडा रहेको यो क्षेत्रमा अब ५ वडाको मत गणना गर्न बाँकी छ।

२०७९ को चुनावमा यहाँ गठबन्धन गरेर कांग्रेसले चुनाव जितेको थियो। केही समय बखेडा भएर रोकिएको मतगणना फेरि सुचारु भइसकेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस