२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

एमालेको दाङ जिल्ला अध्यक्षमा महासचिव शंकरका ज्वाई आचार्य सर्वसम्मत

General Secretary Shankar's son-in-law Acharya is unanimous in being the Dang District President of UML

काठमाडौं, जेठ ८ गते । नेकपा (एमाले) को दाङ जिल्ला अध्यक्षमा शिवकुमार आचार्य सर्वसम्मत चयन भएका छन् । अध्यक्षमा दावी गरेका मनोहर बुढाथोकी उपाध्यक्ष बन्न सहमत भएपछि आचार्य सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

आचार्य एमाले महासचिव शंकर पोखरेलका बहिनी ज्वाई तथा प्रतिनिधिसभा सदस्य मेनका पोखरेलका पति हुन् ।

घोराहीस्थित पार्टी कार्यालयमा सोमबार बिहानदेखि बसेको अध्यक्ष मण्डलको बैठकले आचार्यको नेतृत्वमा १२४ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । सचिवमा श्याम डाँगी, उपसचिवमा भूवनेश्वर पौडेल र सीता चौधरी चयन भएका निर्वाचन कमिटीका संयोजक ठाकुर डिसीले जानकारी दिए ।

जिल्ला नेतृत्व चयन गर्न स्थायी कमिटी सदस्य तथा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको नेतृत्वमा जिल्लाका केन्द्रीय सदस्यहरु सदस्य रहेको कमिटी बनाइएको थियो ।

अध्यक्ष मण्डलमा केन्द्रीय सदस्य तथा तुलसीपुर उपमहानगरपालिकाका पूर्वमेयर घनश्याम पाण्डे, केन्द्रीय सदस्य तथा पूर्वसांसद शान्ता चौधरी, पूर्व राष्ट्रियसभा सदस्य कोमल वली, पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य लक्ष्मण आचार्य, सीता सिग्देल, केन्द्रीय सदस्य अनारकली मिया लगाएतका नेताहरु थिए ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस