२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

पालिका उपनिर्वाचनको मौन अवधि शुरू

काठमाडौं । पर्सि १६गते आइतबार हुने पालिका उपनिर्वाचनको मौन अवधि शुरू भएको छ ।

मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म लागू हुने चुनावी प्रचारप्रसार निषेध अवधि गएराति १२ बजेदेखि शुरू भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले प्रचारप्रसार निषेध अवधि शुरू भएको उल्लेख गर्दै उपचुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आग्रह गरेको छ ।

यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले निर्वाचन आचारसंहिता प्रतिकूलका कुनै पनि गतिविधि नगर्नसमेत आयोगले भनेको छ ।

मौन अवधिमा कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा आयोजना गर्न, जुलुस निकाल्न, नाराबाजी गर्न तथा अरु कुनै पनि प्रकारले प्रचारप्रसार गर्न पाइने छैन ।

प्रकाशित मिति : २०८१ मङ्सिर १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस