२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

कम्पनीकी मालिकले गरिन् कर्मचारीसँग बिहे, श्रीमान ८ करोड लिएर ३ महिनादेखि बेपत्ता !

काठमाडौं । गुजरातकी एक महिलाले आफ्नो कर्मचारीसँग प्रेममा परेपछि विवाह गरिन्। तर, विवाहपछि श्रीमानले ५ करोड भारतीय रुपैयाँ (नेपालीमा ८ करोड) लिएर फरार भएको आरोप लगाएकी छिन्। घटनाको तीन महिना बितिसक्दा पनि प्रहरीले कुनै कारबाही नगरेको भन्दै उनले प्रहरी चौकीमै आत्महत्या प्रयास गरेकी छन्।

प्रहरी चौकीमा आत्महत्या प्रयास
ओडिशाको भद्रक जिल्लामा रहेको बोनाथ प्रहरी चौकीमा ती महिलाले फिनाइल पिएर आत्महत्या प्रयास गरेकी हुन्। महिलाले यसअघि श्रीमानविरुद्ध उजुरी दिएकी थिइन्। तर, तीन महिनासम्म पनि प्रहरीले कुनै ठोस कदम नचालेको उनको आरोप छ। आत्महत्या प्रयास गरेपछि उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो। चिकित्सकका अनुसार अहिले उनको अवस्था स्थिर छ।

प्रेम, विवाह, र धोखाको कथा
आजतक समाचारका अनुसार ती महिला अहमदाबादको एक आईटी कम्पनीकी मालिक हुन्। उनको कम्पनीमा काम गर्ने मनोज नायकसँग उनको प्रेमसम्बन्ध सुरु भयो। केही समयपछि उनीहरूले विवाह गरे। मनोज ओडिशाको नरसिंहपुर गाउँका बासिन्दा हुन्। दम्पतीको दुई वर्षीय छोरा पनि छ।

८ करोड रुपैयाँ लिएर फरार
महिलाका अनुसार, मनोजले विवाहपछि गाउँमा व्यापार गर्ने योजना प्रस्तुत गरे। यसका लागि महिलाले आफ्नो सम्पत्ति धितो राखेर ५ करोड भारतीय रुपैयाँ (नेपालीमा ८ करोड) ऋण लिई मनोजलाई दिएकी थिइन्। तर, पैसा लिएर मनोज तीन महिनादेखि फरार छन्।

प्रहरीले लापरवाही गरेको आरोप
ती महिलाका परिवारजनले प्रहरीमाथि लापरवाहीको आरोप लगाएका छन्। महिलाका भाइका अनुसार, “मेरी बहिनी तीन महिनादेखि संघर्ष गर्दै आएकी छिन्। उजुरी दर्ता भए पनि प्रहरीले अनुसन्धानमा कुनै प्रगति गरेको छैन। यही कारणले उनी मानसिक तनावमा थिइन् र आत्महत्या प्रयास गरिन्। हामी मनोजलाई पक्रेर न्यायको माग गर्छौं।”

प्रहरीको प्रतिक्रिया
बोनाथ प्रहरी चौकीका इन्चार्ज श्रीवल्लभ साहुले मनोजको खोजीका लागि विशेष टोली गठन गरिएको बताएका छन्। यो टोलीले राउरकेला, सम्बलपुर, र बर्हमपुरजस्ता धेरै स्थानमा छानबिन गरिसकेको छ। हाल यो घटनामा अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ। यो घटना एक गम्भीर धोखाको रुपमा देखिएको छ, जसमा प्रहरीको भूमिकामाथि पनि प्रश्न उठेको छ।

 

प्रकाशित मिति : २०८१ माघ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस