२०८३ बैशाख १६ गते बुधवार | 2026 April 29th Wednesday

आज ह्वात्तै बढ्यो सुन चाँदीको मूल्य, शुक्रबार प्रतितोला कति ?

Gold Price Today Nepal

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला एक लाख ५१ हजार ५ सय
रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८१ पुष १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस