२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

कञ्चनपुरमा प्रहरी जवानले आफैंले आफैँलाई गोली हाने, अवस्था गम्भीर

काठमाडौं । कञ्चनपुरमा प्रहरी जवानले आफैँलाई गोली प्रहार गरेका छन् । बुधवार साँझ सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत जवान वकिल विष्टले आफैँमाथि गोली चलाएका हुन् ।

क्वार्टर गार्डमा सेन्ट्री ड्युटी बसेका विष्टले राइफलबाट आफैँमाथि प्रहार गरेको कञ्चनपुरका एसपी चक्रराज जोशीले रातोपाटीलाई बताए । उनको अवस्था गम्भीर छ । महाकाली अञ्चल अस्पतालबाट उनलाई धनगढी रिफर गरिएको छ । विष्ट बेहोस भएको हुनाले गोली चलाउनुको कारण नखुलेको एसपी जोशीले बताए ।

प्रकाशित मिति : २०८१ माघ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस