२०८२ मङ्सिर २९ गते आइतवार | 2025 December 14th Sunday

ममताको कथा: २ महिना अघि मात्र विवाह, अब किन्नर अखाडाको महामण्डलेश्वर

काठमाडौं । दुई महिना अघि मात्र विवाह भएकी ममता वशिष्ठ किन्नर अखाडाको महामण्डलेश्वरको रुपमा खुलेकी छिन् । महाकुम्भ २०२५ मा अखाडाका महामण्डलेश्वर नियुक्त गर्ने प्रक्रिया सुरु चलिरहेको छ । यसै क्रममा किन्नर अखाडामा पनि पूरा रीतिरिवाजसँगै धेरैलाई महामण्डलेश्वरको उपाधि दिइएको छ। यसै अवसरमा ममता वशिष्ठलाई पनि महामण्डलेश्वर बनाइयो। २ महिना अघि मात्र ममता वशिष्ठको विवाह भएको थियो । तर सनातन धर्ममा गहिरो आस्था राखेकी ममता किन्नर अखाडासम्म पुगिन्।

प्रयागराजको महाकुम्भमा किन्नर अखाडाका आचार्य महामण्डलेश्वर डा. लक्ष्मीनारायण त्रिपाठीले ममता वशिष्ठको पिण्डदान र पट्टाभिषेक गराएका थिए। यस अवसरमा किन्नर अखाडाका धेरै महामण्डलेश्वर र किन्नर अखाडासँग सम्बन्धित व्यक्तिहरू उपस्थित थिए।

ममता वशिष्ठ दिल्लीकी स्थायी निवासी हुन् । ६ वर्ष अघि किन्नर अखाडाका महामण्डलेश्वर स्वामी पार्वती नन्द गिरी धूलियासँगको सम्पर्कमा आएपछि ममता वशिष्ठले किन्नर अखाडाको सनातन धर्मप्रतिको सेवा र प्रचार–प्रसारलाई ध्यानमा राख्दै यसमा सहभागी हुने निर्णय गरिन्।

महामण्डलेश्वर ममता वशिष्ठका अनुसार, बच्चादेखि नै उनी सनातन धर्मका रीतिरिवाजहरूमा गहिरो आस्थावान थिइन्। उनी नियमित रूपमा पूजा पाठ र वेद मन्त्रहरूको उच्चारण गर्थिन्। गीता पाठ पनि उनको दैनिक दिनचर्यामा समावेश थियो। विवाहको ठीक दुई महिना पछि ममता वशिष्ठले सनातन धर्मप्रतिको आस्थालाई व्यक्त गर्दै किन्नर अखाडामा महामण्डलेश्वर प्रक्रिया पार गरेकी छन्। त्यसपछि उनको पट्टाभिषेक पूरा रीतिरिवाजसँग किन्नर अखाडामा गरियो। उनले अब गृहस्थी त्यागिन् ।

 

प्रकाशित मिति : २०८१ माघ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस