काठमाडौंमा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २५ वर्षीय युवकलाई पक्राउ गरिएको छ। कीर्तिपुर नगरपालिका-३ पाङ्गादोबाटोका २५ वर्षीय सुयोग बोहोरालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
किशोरीले दिएका उजुरीका आधारमा जबरजस्ती करणीको आरोपमा बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। अहिले उक्त घटनामा थप अनुसन्धान भइरहेको छ र पक्राउ परेका युवकसँग थप सोधपुछ गरिनेछ।
प्रकाशित मिति : २०८१ फाल्गुन ७ गते बुधवार

