२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

केराउको मात्र एउटा दानाले लियो डेढ वर्षीय बालकको ज्यान

काठमाडौं । भारतको झारखण्डमा केराउको एउटा दानाका कारण डेढ वर्षीय बालकको मृत्यु भएको छ ।

कैरो थाना क्षेत्र अन्तर्गत गुडी करंज टोल निवासी कृषक खुदी उरांवका डेढ वर्षीय छोरा शिवम उरांवको बिहीबार मृत्यु भएको हो । खुदी र उनको परिवार बिहीबार बारीमा कामका लागि गएको थियो । सोही क्रममा उनीहरूले डेढ वर्षीय शिवमलाई पनि सँगै लगेका थिए ।

बच्चालाई भुल्याउनका लागि उनीहरूले आफ्नै बारीमा फलेको केराउ उखेलेर दिएका थिए । घर फर्किने क्रममा बच्चाले केराउको लहरो पनि सँगै ल्याएको थियो । केहीबेरमा बच्चा तड्पिन थाल्यो र परिवारका सदस्यले तत्काल अस्पताल लगे ।

तर चिकित्सकले बच्चाको मृत्यु भइसकेको घोषणा गरे । ती बालकले केराउको कोसाबाट दाना निकालेर खाने क्रममा श्वास नलीमा अड्किएर मृत्यु भएको चिकित्सकले पुष्टि गरेका छन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन १० गते शनिवार
प्रतिक्रिया दिनुहोस