काठमाडौं । काठमाडौंको धोबिखोलामा आइतबार साँझ एक कार खसेको छ। मदन भण्डारी कलेज छेउमा खसेको बा २१ च ६६१४ नम्बरको कारको घटनामा कुनै मानवीय क्षति भएको छैन।
सिंहदरबार वृत्तका डीएसपी गंगा पौडेल र ट्राफिक प्रहरीका एसएसपी विनोद घिमिरेका अनुसार मापसे लगायतका चेकजाँच गरिरहेका छन्। यसअघि पनि सोही स्थानमा गत पुसमा एक कार खसेको थियो।
प्रकाशित मिति : २०८१ फाल्गुन ४ गते आइतवार

