२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

निर्वाचनअघि गगन थापाको ‘बोल्ड मुभ’ : सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाए (नामसहित)

काठमाडौं । दोस्रो विशेष महाधिवेशनपछि नेतृत्व परिवर्तन गरेको नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाएको छ। फागुन २१ गते हुने निर्वाचनको तयारीस्वरूप उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको निर्वाचन परिचालन समितिमार्फत नेताहरूलाई प्रदेश र जिल्लामा पठाइएको हो।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार खटाइएका केन्द्रीय प्रतिनिधिले सम्बन्धित जिल्लामा पार्टीको संगठनात्मक अवस्था बुझ्ने, कमजोरी पहिचान गर्ने र आवश्यक समन्वय केन्द्रीय तहमा गर्ने जिम्मेवारी पाएका छन्।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा वरिष्ठ नेता, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरू खटाइएको कांग्रेसले जनाएको छ। प्रदेशअनुसार जिम्मेवारी तोकेर संगठन सुदृढीकरण र चुनावी रणनीति प्रभावकारी बनाउने पार्टीको तयारी छ।

कांग्रेसले यस अभियानलाई आगामी निर्वाचनका लागि निर्णायक तयारीका रूपमा लिएको बताइएको छ।

 

प्रकाशित मिति : २०८२ माघ २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस