२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

प्रमाणसहित उजुरी गर्दा समेत कलेजले पीडकलाई नै साथ दिँदा नेपाली छात्राले ज्यान त्यागिन् [ भिडिओसहित ]

काठमाडौं । भारतको ओडिसा स्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु भएको छ।

उनले आफूलाई मानसिक यातना दिँदै आएका सहपाठी अद्विक श्रीवास्तव विरुद्ध कलेज प्रशासनमा दुई पटक लिखित उजुरी दिए पनि कुनै कारबाही नभएपछि प्राण त्यागेको खुल्न आएको छ । कुनै समय निकट रहँदाका तस्बिर र भिडियोहरुलाई भाइरल गराउँने भन्दै उनले ब्ल्याक मेलिङ गर्ने गरेको प्रकृतीको उजुरीमा उल्लेख छ ।

आरोपीले धम्की दिँदै आएपछि प्रकृतिले आत्महत्या गरेकी हुन्। घटनापछि नेपाली विद्यार्थीहरुले कलेज प्रशासनको लापरबाही र दमनको विरोध गर्दै प्रदर्शन गरेका छन्। आरोपी श्रीवास्तवलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ। नेपाली दूतावासले पनि घटनामा चासो देखाएको छ। बाँकी सबै भिडियोमा छ ।

 

प्रकाशित मिति : २०८१ फाल्गुन ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस