२०८३ बैशाख १६ गते बुधवार | 2026 April 29th Wednesday

यस्तो छ आज सुन चाँदीको मूल्य

Today Gold price in Nepal

काठमाडौं । साताको दोस्रो दिन सोमबार (आज) सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य घटेको छ। आज सुन हिजोकै मूल्य कायम रहँदा चाँदी तोलाको १५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार सुन आज तोलाको एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै आज चाँदी तोलाको एक हजार आठ सय ९५ रुपैयाँ छ। हिजो चाँदी तोलाको एक हजार नौ सय १० रुपैयाँमा कारोबार भएको थियो।

 

प्रकाशित मिति : २०८१ माघ २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस