मकवानपुर । बागमती गाउँपालिका–२ बस्ने ३७ वर्षीय निर बहादुर पाख्रिनलाई ३६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय फापरबारी र प्रहरी चौकी शिवराईगाउँबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान जारी राखेको छ।
प्रकाशित मिति : २०८१ फाल्गुन १९ गते सोमवार

