२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

जबरजस्ती करणी अभियोगमा बझाङबाट एक पक्राउ

www.janaboli.com;

चैत्र ७, काठमाण्डौँ ।  १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सूर्मा गाउँपालिका-४ घर भई जयपृथ्वी नगरपालिका-९ डेरा गरी बस्ने २१ वर्षीय पवन बोहरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पवनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस